एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ, अन्य पार्टीसँग तुलना गर्न मिल्दैन: शंकर पोखरेल (भिडिओ) – Nepal Press

एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ, अन्य पार्टीसँग तुलना गर्न मिल्दैन: शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यबाट आतंकित भएकाहरु मोर्चाबन्दी गरेर कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै महासचवि पोखरेलले यो मुलुकको नेतृत्व एमालेबाहेक अरुले कसैले गर्न नसक्ने दाबी गरे ।

उनले भने, ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन् । एमाले चौतर्फी घेरबन्दी र आक्रमणबाट गुज्रिरहेको छ । त्यसलाई डटेर सामना गर्न सक्नुपर्छ । एमालेको भविष्यबाट आतंकित भएकाहरु मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेका छन् ।’

उनले एमालेसँग अरु कुनै पार्टीको तुलना गर्न नमिल्ने बताए ।

महासचिव पोखरेलले भने, ‘तर, युवाहरुको संख्या मसिनो छ । कमजोर छ । यो बदल्नुपर्छ । बहुसंख्यक युवाको मत एमालेलाई हुनुपर्छ, अहिलेको तरिका बदल्नुपर्छ । युवाको लागि सही प्रकारको नीति र योजना बनाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर