बालेन लक्षित ओलीको टिप्पणी- घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु कुनै बहादुरी होइन (भिडिओ) – Nepal Press

बालेन लक्षित ओलीको टिप्पणी- घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु कुनै बहादुरी होइन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु कुनै बहादुरी नभएको टिप्पणी गरेका छन् ।

बालेनको निर्देशनमा गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको विषयलाई लक्षित गरेर ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

मेयर बालेनले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएको बताएका थिए ।

त्यही प्रसंगलाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? कसैले गलत गर्‍यौं भन्न सक्दैन । के हालत होला ? यो गलत हो । यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजमा हुन हुँदैन । असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? आज योङ्ग जेनेरेसनले त्यो कुरा भन्न सक्नुपरेन । उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्या बात लेख्छ । अनि अरु चुप लागेर बस्छ । यो सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्वपूर्ण पोष्टमा बसेको मान्छेले गर्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ।


प्रतिक्रिया

3 thoughts on “बालेन लक्षित ओलीको टिप्पणी- घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु कुनै बहादुरी होइन (भिडिओ)

  1. 34/35 बर्ष सम्म राज गर्दा तिमिहरुले नै समाजलाई यस्तो बनाएका हौ ।

  2. तिमी हरु जस्ता नालायक लाई दिने जवाफ बालेन को एकदम सही हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर