एनडीटीभी एक्टिज पोल भन्छ- बीजेपी गठबन्धनको ३५०, विपक्षी गठबन्धनको १५० सीट
नेपाल प्रेस
२०८१ जेठ १९ गते १९:२०
काठमाडौं । भारतीय टेलिभिजन एनडीटीभीले लोकसभा निर्वाचनको एक्जिट पोल सार्वजनिक गरेको छ ।
उसले भारतीय जनता पार्टी (बीजेपी) जोडिएको एनडीए गठबन्धनले ३५० सीट ल्याउने बताएको छ । यो लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो । उता विपक्षी दलहरु मिलेर बनाइएको इण्डिया गठबन्धनले १५० सीटमात्रै ल्याउने एनडीटीभीको दाबी छ ।
भारतको सात चरणको चुनावको अन्तिम मतदान दिन आज थियो भने जुन ४ बाट गणना तथा औपचारिक परिणाम आउन सुरु हुनेछ ।
प्रतिक्रिया