टी- २० विश्वकप सुरू: पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियाे १९५ रनकाे लक्ष्य – Nepal Press

टी- २० विश्वकप सुरू: पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियाे १९५ रनकाे लक्ष्य

काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो ।

क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिए ।

बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर