दाङको मालपोत र नापी कार्यालयमा गुठी पीडित किसानको तालाबन्दी, पाँच राउन्ड हवाई फायर – Nepal Press

दाङको मालपोत र नापी कार्यालयमा गुठी पीडित किसानको तालाबन्दी, पाँच राउन्ड हवाई फायर

दाङ । स्वर्गद्वारी गुठीपीडित किसानहरूले दाङको घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरूले तालाबन्दी गरेका हु्न् । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले तालाबन्दी गर्नु परेको समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको दाङ प्रहरीले जनाएको छ । स्थिति अहिले तनावग्रस्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर