नेपाल लाइफ इन्स्याेरेन्सले सेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने
नेपाल प्रेस
२०८१ जेठ २० गते ११:२४
काठमाडौं । नेपाल लाइफइ न्स्याेरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ ।
कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
अघिल्लो पटक कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया