सर्वाधिक युट्युब सबस्क्राइबअर भएको च्यानल बन्यो ‘मिस्टर बिस्ट’
काठमाडौं । ‘टि–सिरिज’ लाई पछि पार्दै विश्वका चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ सर्वधिक युट्युब सबस्क्राइबअर भएका युट्युबर बनेका छन् ।
मिस्टर बिस्टको युट्युब च्यानलले भारतीय संगीत एवं फिल्म निर्माण कम्पनी टी सिरिजलाई पछि पार्दै सबैभन्दा बढी युट्युब सब्सक्राइबर भएको च्यानले बनेको हो ।
टि–सिरिजका सब्सक्राइबर २६ करोड ६७ लाख ६ हजार हुँदा नै मिस्टर बिस्टले उनलाई पछ्याएर सर्वाधिक सब्सक्राइबरको बनेका हुन् । मिस्टर बिस्टले आफ्नो सामाजिक सञ्जालमा आफू सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल बनेको सेयर गरेका छन् ।
अहिले उनको च्यानलमा २६ करोड ७२ लाख बढी सब्सक्राइबर पुगिसकेका छन् भने, टि–सिरिज २६ करोड ६५ लाख बढीमा रहेको छ ।
केहि वर्षअघिदेखि नै उनी आफ्ने सामाजिक सञ्जालमा सबैभन्दा बढी सब्सक्राइबर बनेको टि सिरिजलाई छोप्ने कुरा उल्लेख गर्दै आइरहेका थिए । बिस्टले सबैभन्दा बढी सब्सक्राइबर बन्ने लक्ष्य नै लिएका थिए । जुन कुरा उनी बेला बेला सेयर गरिरहेका हुन्थे ।
२६ वर्षीय मिस्टर बिस्टको नामबाट चर्चित जेम्स स्टेफन डोनाल्डसन अमेरिकन युट्यूबर हुन् ।सामाजिक कामहरुदेखि कसैले नगरेका कामहरुको भिडियो बनाउनका लागि चर्चित छन् ।