प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बागलुङको पिस प्यालेस र दि राजन होटलको विशेष अफर – Nepal Press

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बागलुङको पिस प्यालेस र दि राजन होटलको विशेष अफर

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ ।

धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग टे«किङ्ग, बाइकिङ्ग, र्‍याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिईन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ ।

त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर