नेपाली उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दर चलाएका छौं : अर्थमन्त्री पुन
नेपाल प्रेस
२०८१ जेठ २० गते १३:३०
काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले करका दरहरू सचेत भएर चलाएको बताएका छन् ।
आज प्रतिनिधिसभामा उनले भने, ‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य संगत ढंगले चलाएका छौं । आफ्नो उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दरहरू चलाएका छौं ।’
समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनको दाबी छ । निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको उनले बताए ।
दबाबबीच सन्तुलित बजेट ल्याउन सकेको भन्दै उनले अहिले अर्थतन्त्र लयमा फर्कन थालेको र अझै यसलाई राम्रो बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।
प्रतिक्रिया