खम्बा बीचमै छाडेर सडक पीच (भिडिओ) – Nepal Press

खम्बा बीचमै छाडेर सडक पीच (भिडिओ)

काठमाडौं । ललितपुरको यूएन पार्कनजिकै भर्खरै गरिएको सडक कालोपत्रेमा चरम लापरवाही पाइएको छ । यूएन पार्क करिडरको सडक खण्ड पीच गर्दा बीचका सोलार बत्तीका पोल त्यत्तिकै छाडिएको छ ।

बागमती सभ्यता एकीकृत विकास अन्तर्गत यूएन पार्क करिडरमा १.३ किलोमिटर सडक कालोपत्रे गरिएको हो । तर, खम्बा त्यत्तिकै छाड्दा जोखिम बढेको छ ।

उक्त, सडक पीच गर्नुअघि नै पोल हटाउन अनुरोध गरेपनि सुनुवाइ नभएको स्थानीयले बताएका छन् । बागमती सभ्यता एकीकृत विकास समितिले बनाएको उक्त सडकको ठेक्दा १ करोड ९० लाखमा ‘बीएसपी’ निर्माण सेवा कम्पनीले लिएको थियो ।

ललितपुर महानगरपालिका-१० नम्बर वडा कार्यालय नजिकै पर्ने उक्त सडक निर्माणपछि अहिले स्थानीयले आलोचना गरिरहेका छन् ।

बागमती सभ्यता एकीकृत विकास समितिका प्राविधिकले भने ८ मटिरसम्म कालोपत्रे गरिएको जिकिर गरेका छन् । बीचमा छाडिएका खम्बा विद्युत प्राधिकरणअन्तर्गत पर्ने भएकोले केही नगरिएको र हटाउन वडालाई जानकारी गराइएको प्राविधिक अशिम अधिकारीले बताए ।

अधिकारीले भने, ‘धेरै कुराहरू हामी अन्तर्गत पर्दैन्न । विद्युत प्राधिकरणका खम्बाहरु अहिलेका लागि त्यत्तिकै छोडिएको छ । अब हटाउनका लागि वडासँग कुरा गरेका छौं । अब वडाले नै प्राधिकरणसँग समन्वय गर्छ ।’

फोटो/भिडि‌ओ : नविनमुनि स्थापित ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *