बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर आएको हो : मन्त्री अर्याल
नेपाल प्रेस
२०८१ जेठ २० गते १७:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर नै बजेट ल्याइएको बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्टायो भन्ने आरोप लगाउन नहुने जिकिर गरे ।
उनले सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ती क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताए । उनले मन्त्रीहरूले बजेट पठाएपछि मात्रै बजेट आएको बताए ।
मन्त्री अर्यालले कर्मचारीको तलब बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताए ।
प्रतिक्रिया