सिट्रोन ई-सी ३ को शाइन भेरिएन्ट नेपाली बजारमा, मूल्य ३५.९९ लाख – Nepal Press

सिट्रोन ई-सी ३ को शाइन भेरिएन्ट नेपाली बजारमा, मूल्य ३५.९९ लाख

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ë-C3 को प्रिमियम मोडल Citroën ë-C3 शाइन आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याइने विश्वास कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरूले सुसज्जित यस ईलेक्ट्रिक गाडीमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएम (ORVM) जस्ता फिचर समावेश छन् ।

Citroën ë-C3 शाइनको सुरूआती मूल्य ३५.९९ लाख तोकिएको छ । यो मूल्य अन्तिम स्टकसम्म रहने कम्पनीको भनाई छ ।

सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले दिगो ब्याट्री व्यवस्थापनको लागि प्रतिबद्ध रहेको भन्दै भारतको सबैभन्दा ठूलो लिथियम-आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्री पनि प्रबन्ध गरिरहेको बताएको छ । यो साझेदारीले दिगोपन र वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई जोड दिएको कम्पनीको भनाइ छ ।

Citroën ë-C3 शाइन शाइनबारे शोरूममा गई तथा सिट्रोनको अफिसियल वेबसाइट https://www.citroennepal.com/ मार्फत थप जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

सिट्रोनको बारेमा संक्षिप्त जानकारी

सिट्रोन (Citroën) एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्षभन्दा लामो छ । अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ ।

१९१९ देखि, सिट्रोनले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ । ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी AMI, साथै एसयूभी (SUV) सेडान (Sedan), र इलेक्ट्रिक तथा प्लग- इन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ ।

व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६२०० बिक्री र सेवाहरूको नेटवर्क रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर