न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद, बालेन समर्थकले पीच रोक्न खोज्दै (भिडिओ)
काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभागका मजदुरलाई रोक्न मेयर बालेन शाहका समर्थक पुगेका छन् ।
बालेनका समर्थकले सडक टाल्ने काममा अवरोध गरेपछि विवाद सिर्जना भएको छ । काठमाडौं महानगरका प्रहरी पनि त्यहाँ आइपुगेका छन् । सडक विभागका प्रतिनिधि र महानगरका प्रहरीबीच पनि विवाद भएको छ ।
मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र जस्ताको तस्तै पार्न १६ गते अल्टिमेटम दिएको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर काटिएको सडक टाल्न सुरू गरेको छ ।
फुटपाथ बढाउन भन्दै महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच टकराव बढेको छ ।
सडकको size KO नियम संसार भर एउटै हुन्छ 1 lane, 2 lane, 4lane 6 wa 8 lane तर सडक पेटी पैदल हिड्ने जनसंख्या अनुसार को हुन्छ बेइजिङका पेटी हेर्न जाउन पेटी नै कहीं 10 मिटर सम्मका हुन्छन् हाम्रो त 90सालको पेटी अहिले सम्म जत्राको तत्रै बरु पहिले सडकमा पार्किङ्ग गर्थे तर अचेल त्यो पनि पाइँदैन पेटी बढाएको राम्रो थियो तर राज्नैतैतिक ठक्करले गर्दा यस्तो भएको हो ।
बालेन साह गजडी हुल्डरवाज हो कानुनको बर्खिलाप भएकोले कारबाही गर