त्रिवेणी मोटोकर्पद्वारा डोङ्गफेङ्ग ईभी सोरूम सञ्चालनमा – Nepal Press

त्रिवेणी मोटोकर्पद्वारा डोङ्गफेङ्ग ईभी सोरूम सञ्चालनमा

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले डोङ्गफेङ्ग इलेक्ट्रिक भेहिकल्सको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार ललितपुरको बालकु‌मारीमा डोङ्गफेङ्ग इलेक्ट्रिक भेहिकल्सको नयाँ शोरुमको उद्घाटन गरिएको हो ।

त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी मोटोकर्पले चीनको डोङ्गफेङ्ग अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकल्हसहरु आयात गरी बिक्री वितरण सुरु गरेको हो ।

त्रिवेणी मोटोकर्पले डोङ्गफेङ्ग कम्पनीका ११ सीट, १४ सीट क्षमताको डोङ्गफेङ्ग इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ चनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्री वितरण सुरु गरेको छ ।

बिजुली गाडीको प्रर्वधन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सबै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ ।

११ सीट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ । ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेज्ज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ । भने, ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेज दिने कम्पनीको दाबी छ । डोङ्गफेङ्गका सबै इलेक्ट्रिक म्यानहरुमा सिएटीएल व्याट्रि जडित रहेका छन् ।

कम्पनीले उक्त रेजहरु ४० किमी प्रती घण्ठाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ । भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेग्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाईने दाबी गरेको छ ।

त्रिवेणी मोटोकर्पफे होङ्गफेङ्ग इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ। सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ स्टेशनहरु आफ्‌ना डिलर नेटवर्कमा विस्तार गरिरहेको समेत बताएको छ । साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स प्रालि, ईटहरीमा ईष्ठर्ज मोटर्स प्रालि, जनकपुर र विरगञ्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ती मोटर्स प्रालि, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि, भक्तपुरमा जीइभी नेपाल प्रालि मार्फत गाडीहरू बजारीकरण गरिने जनाएको छ ।

डोङ्गफेङ्ग अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको तेस्रो ठुलो गाडी उत्पादक मध्येको एक र विश्वका ६० देशहरुमा बिक्री वितरण हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर