प्रतिनिधिसभामा दुई प्रतिवेदन पेश – Nepal Press

प्रतिनिधिसभामा दुई प्रतिवेदन पेश

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी छन् ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् ।

संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवडाले बताए ।

सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको उनले सदनलाई जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर