युएन पार्क कोरिडोरको सडकबीचमा छोडिएका पोलहरू सारिए (भिडिओ)
काठमाडौं । सडक खण्ड कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ । ललितपुर महानगरपालिकाको युएन पार्क कोरिडोरको सडक खण्डमा कालोपत्रे गर्दा बीच सडकमै छोडिएका पोलहरू आज सारिएको हो ।
बागमती सभ्यता एकीकृत विकास समितिले बनाएको सडकमा छोडिएका पोलहरू ललितपुर महानगरपालिका वडा नम्बर १० ले सारेको हो ।
यो पनि पढ्नुहोस्- खम्बा बीचमै छाडेर सडक पीच (भिडिओ)
बागमती सभ्यता एकीकृत विकास समितिले बनाएको उक्त सडक खण्डमा बत्तीका पोलहरू छोडिएका थिए ।
बिहानै महानगर नगर प्रहरीहरू लगाएर उक्त पोलहरू हटाइसकेको ललितपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रिबनमान व्यञ्जनकारले बताए ।
वाड अध्यक्ष व्यञ्जनकारले भने, ‘ठेकेदारले बनाएर त गए । सार्नुपर्ने बनाउनुभन्दा अगाडी नै हो । अब स्थानीय निकाय भएकोले हामीले हटाएका हौँ । महानगर प्रहरी लगाएर हटाइसकेका छौँ । सम्बन्धित निकायले हटाउँछ भनेर भएन । त्यसैले हामीले नै हटायौँ ।’