सांसद अधिकारीको व्यंग्य- बजेटमा प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? (भिडिओ) – Nepal Press

सांसद अधिकारीको व्यंग्य- बजेटमा प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले अर्काको दल विभाजन गरेर क्रमभंगता नहुने भन्दै कटाक्ष गरेका छन् ।

प्रनिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलको क्रममा उनले बजेटमा पनि क्रमभंगता गर्न सक्नुपर्ने बताए ।

सांसद अधिकारीले प्रधानमन्त्रीको स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको लागि बजेट छुट्याएकोप्रति व्यंग्य गरे ।

उनले भने, ‘एकदुई जनाले सोध्दै थिए, प्रधानमन्त्रीको ज्वाइँ विकास परियोजना खोइ ? प्रधानमन्त्री दाइभाइ परियोजना खोइ ? प्रधानमन्त्री भतिजाभतिजी परियोजना खोइ ? यस्तो कार्यक्रम खोइ ? प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम भनिएको छ, बजेट पनि १० करोडमात्रै राखिएको छ । थोरै बजेट भए पनि छोरी पनि रिसाउनुहुने भो प्रधानमन्त्रीजी पनि । जनतालाई अल्मलाउने भक्तिभाव गर्ने काम बन्द गरौं । दल विभाजन गर्ने काममा मात्रै क्रमभंगता होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर