बालेनले पुर्याए २० लाख फलोअर्स, फेसबुकमा कुन नेतालाई कतिले पछ्याउँछन् ?
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुक फलोअर्स २ मिलियन पुगेको छ । उनको ‘बालेन’ नामक फेसबुक एकाउन्टमा २ मिलियन अर्थात् २० लाख फलोअर्स पुगेका हुन् ।
फेसबुकमा जति फलोअर्स छन्, त्यति नै मानिसहरूले उक्त फेसबुकलाई पछ्याउन् भन्ने बुझिन्छ । फलोअर्स जति बढी भयो, ती फलोअर्समै बढी सम्प्रेषण हुने गर्छ ।
कुन नेतालाई कतिले पछ्याउँछन् ?
सामाजिक सञ्जालहरुमा फलोअर्सलाई हेरेर अहिलेका पुस्ताले नेता तथा कलाकारहरू को कति चर्चित छन् भनेर हेर्ने गरेको छ । नेपाली नेता तथा कलाकारहरूलाई कति मानिसहरूले फलो गर्छन् ? त्यसबारे यहाँ चर्चा गरिएको छ ।
सामजिक सञ्जालमा फलोअर्सका आधारमा नेपाली राजनीतिज्ञहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ की नेतृ रेखा थापा पहिलो स्थानमा छिन् । उनको फेसबुकमा ३३ लाख बढी फलोअर्स छन् । दोस्रो स्थानमा भने काठमाडौंका मेयर बालेन्द्र शाह आएका छन् ।
तेस्रो स्थानमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई देखिन्छन् । डा. भट्टराईको फेसबुकमा १.४ मिलियन अर्थात १४ लाख बढी फलोअर्स छन् ।
चौथो स्थानमा १.२ मिलियन अर्थात १२ लाख फलोअर्ससहित उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा अध्यक्ष रवि लामिछाने छन् । पाँचाैं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्र मिश्र छन् । उनकाे फेसबुकमा ८ लाख ९० हजार फलाेअर्स छन् ।
बीबीसी नेपाली सेवाका प्रमुख रहिसकेका उनी साझा नेपाली पार्टी खाेलेर राजनीतिमा हाेमिएका थिए । त्यस बेलादेखि नै उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरुकाे संख्या अधिक थियाे ।
नेपाली जनतामाझ निकै विवाद र चर्चामा आइरहने अर्का व्यक्ति हुन् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ । धरानमा मेयरको चुनाव जितेलगतै हर्कले अत्यधिक चर्चा कमाए । साम्पाङको फेसबुकमा ८ लाख ४० हजार फलोअर्स छन् ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ५ लाख ६३ हजार फलोअर्स रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको फेसबुकमा ५ लाख ६२ हजार फलोअर्स छन् । प्रधानमन्त्री दाहालको ‘क। प्रचण्ड’ नामक भेरिफाइड एकाउन्ट रहेको छ ।
ट्विटर अर्थात् अहिलेको एक्समा सबैभन्दा बढी पछ्याइने नेताहरूमा पर्ने गगन थापाको फेसबुकमा भने कम फलोअर्स छन् । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन सम्भवतः सामाजिक सञ्जालहरुमा सबैभन्दा बढी पन्छ्याइने नेताहरूमा पर्छन् । फेसबुकमा गगनका ५ लाख २९ हजार फलोअर्स छन् ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल पनि सर्वसाधारणले अत्यधिक रुचाइएकामध्येमा पर्छन् । मेयर हमालको फेसबुकमा २ लाख ९८ हजार फलोअर्स छन् ।
त्यसैगरी नेकपा एमाले सांसद योगेश भट्टराईको फेसबुकमा ३ लाख ६९ हजार फलोअर्स, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेको फेसबुकमा २ लाख २१ हजार, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको फेसबुकमा १ लाख ८९ हजार, डा. तोसिमा कार्कीको फेसबुकमा १ लाख ६९ हजार, पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको फेसबुकमा पनि १ लाख ६९ हजार र कांग्रेस नेता डा. मीनेन्द्र रिजालको फेसबुकमा १ लाख ६१ हजार फलोअर्स रहेका छन् ।
५ तारेमा गरिवको चमेली गित गाउने अल्टर र समाजका अल्टरको समर्थन