अत्यधिक गर्मीले भारतमा तीन दिनमा ५० जनाको मृत्यु
नेपाल प्रेस
२०८१ जेठ २१ गते २०:३४
काठमाडौं । भारतमा भएको अत्यधिक गर्मीको कारणले तीन दिनमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेहरुमा ३३ जना उत्तर प्रदेश राज्यबाट छन् ।
यसरी मृत्यु हुनेहरुमा चुनावमा सहभागी भएकाहरु पनि भएको बीबीसीले उल्लेख गरेको छ । हरेक पाँच वर्षमा अप्रिल र मेमा चुनाव गर्ने भारतमा यहि महिनामा गर्मि ज्यादा हुने र यो वर्ष झनै भएको छ ।
यस्तै पछिल्ला ७२ घण्टामा हिट स्ट्रोकबाट ९९ जनाको मृत्यु भएको भारतको ओडिसाका अधिकारीहरु बताएका छन् । जसमा २० जनाको हिट स्ट्रोकबाट मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया