भारतीय लोकसभा निर्वाचन–प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनको अग्रता – Nepal Press

भारतीय लोकसभा निर्वाचन–प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनको अग्रता

काठमाडौं । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन अगाडि देखिएको छ ।

५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान सवा ९ बजेको रुझान अनुसार २६७ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ । कांग्रेस नेतृत्वको गठबन्धन २०० सीटका साथ पछ्याइरहेको छ ।

यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ । प्रारम्भिक रुझानले भाजपाको ४ सय पार नारा सफल नहुने देखिएको छ । तर भाजपा गठबन्धनले बहुमत जित्न सक्ने आँकलन भने प्रारम्भिक रुझानबाट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *