कैलालीको १३ पालिकामध्ये धनगढीमा महिला अध्यक्ष निर्वाचित, कुन पालिकामा को भए एमाले अध्यक्ष ?
कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा भएको एमाले पालिका अधिवेशन मार्फत महिला नेतृत्व निर्वाचित भएको छ ।
धनगढी उपमहानगरपालिकामा भएको निर्वाचनमा अन्य दुई उम्मेदवारलाई पछि पार्दै अम्बिका विष्ट निर्वाचित भएकी हुन् । उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी, उपसचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचित भएका हुन् ।
कैलालीका १३ स्थानीय तह रहेका छन् ती मध्ये अधिकांश स्थानीय तहमा अधिवेशन भइसकेको छ । ती मध्ये एक मात्र महिला अध्यक्ष विष्ट हुन् ।एमालेमा चुनाव लडेरै महिला नेतृत्व स्थापित हुने विषयले नयाँ सन्देश दिएको एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले जानकारी दिए ।
उनले कैलालीमा सबै लिङ्ग, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरि नेतृत्व चयन भइरहेको जानकारी दिए ।
एमाले कैलाली उपसचिव चूडामणि भट्टले सबै स्थानीय तहका सहमति र निर्वाचित दुबै प्रक्रियाबाट नेतृत्व चयन भइरहेको जानकारी दिए ।
कहाँ को भए अध्यक्ष ?
१.धनगढी–अम्बिका विष्ट मल्ल
२.गोदावरी–सन्तोष सिंह
३.चुरे– दान बहादुर महरा
४.गौरीगङ्गा –पदम बहादुर ऐर
५.घोडाघोडी–हेम राज सापकोटा
६.बर्दगोरिया– मधुकर सिजापति मगर
७.भजनी – प्रक्रिया जारी आज मतदान हुने
८.कैलारी– बाकी
९.लम्की–प्रक्रिया जारी उद्घाटन सत्र सम्पन्न
१०.मोहन्याल– बम बहादुर रावल
११.जानकी–प्रक्रिया जारी उद्घाटन सत्र सम्पन्न
१२.टिकापुर – लक्ष्मण थापा
१३.जोशीपुर– केशर बहादुर चौधरी
१४.मजदुर विशेष इलाका– ललित चन्द
१५.बुद्धिजीवी विशेष इलाका – बाँकी