भारतीय लोकसभा निर्वाचन मतगणना- वामपन्थी दललाई १० सीटको अग्रता – Nepal Press

भारतीय लोकसभा निर्वाचन मतगणना- वामपन्थी दललाई १० सीटको अग्रता

काठमाडौं । भारतको राजनीतिमा लोपोन्मुख बन्दै गएका वामपन्थी पार्टीले लोकसभा निर्वाचनको प्रारम्भिक मतगणना जारी रहँदा १० सीटमा अग्रता लिएका छन् ।

भारतको निर्वाचन आयोगले जारी गरेको आधिकारिक विवरण अनुसार विपक्षी इन्डिया गठबन्धनमा रहेका वामपन्थी पार्टीले प्रारम्भिक रुझानमा १० सीटको अग्रता लिएका हुन् ।

सीताराम यचुरी नेतृत्वको भाकपा मार्क्सवादीले ५ सीटमा अग्रता लिएको छ भने डी आराज नेतृत्वको भारतीय कम्युनिस्ट पार्टीले ३ सीटमा अग्रता लिएको छ । त्यस्तै भाकपा माले लिवरेसनले २ सीटको अग्रता लिएको छ ।

यो पनि पढ्नुहोस्- मोदीको हिन्दूत्व बेगले बढारिएका भारतीय कम्युनिष्ट, निर्णायक तेस्रो शक्तिदेखि लोपोन्मुख यात्रासम्म

कम्युनिस्ट पार्टीको अग्रता केरला,आन्ध्र र विहार प्रदेशमा देखिएको छ । कुनै बेलाको गढ रहेको पश्चिम बंगालमा भने वामपन्थीको अग्रता छैन । भारतको लोकसभा निर्वाचन इतिहासमा वामपन्थीले ५५ सीटसम्म जितेर दोस्रो र तेस्रो दल बनेका थिए ।

तर सन् २०१४ को निर्वाचनपछि वामपन्थीको सीट घट्दै २०१९ मा ३ सीटमा समेटिएका थिए । यसपटक ९ सीटको अग्रता कायमै राखेमा विगतको भन्दा सुधार हुने छ ।


प्रतिक्रिया

One thought on “भारतीय लोकसभा निर्वाचन मतगणना- वामपन्थी दललाई १० सीटको अग्रता

  1. यी कम्युनिस्ट नाम गरेका आपराधिक समुहको विश्वबाट उन्मुलन हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर