तातोपानी नाकाको स्तरोन्नति गर्न चीनसँग भएको सहमति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण (भिडिओ)
नेपाल प्रेस
२०८१ जेठ २२ गते ११:३५
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बेलामा तातोपानी नाका स्तरोन्नति गर्ने भएको सहमति कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै चिनियाँ राजदूतसहित बसेर आफूहरूले छलफल गरेको बताए।
उनले भने, ‘गत वर्ष प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा तातोपानी नाका स्तरोन्नति गर्ने सहमति भएको थियो। सो सहमति कार्यान्वयनका लागि भनेर हामीले चिनियाँ राजदूतसहितको सोही क्षेत्रमा महत्त्वपूर्ण छलफल गरेका छौँ। यो कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गराउँछु।’
प्रतिक्रिया