विश्वकप खेल्न लागेको नेपाललाई चिनियाँ राजदूतले दिए जितको शुभकामना – Nepal Press

विश्वकप खेल्न लागेको नेपाललाई चिनियाँ राजदूतले दिए जितको शुभकामना

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले शुभकामना दिएका हुन् ।

राजदूत सोङले भनेका छन्, ‘म नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी आईसीसी पुरुष टी २० विश्वकप प्रतियोगितामा भव्य सफलताको शुभकामना व्यक्त गर्छु । चियर्स नेपाल ।’

नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । टी–२० विश्वकपमा नेपालले दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर