कांग्रेस सांसद गौतमको प्रस्ताव- संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार बनाऔँ
नेपाल प्रेस
२०८१ जेठ २२ गते १२:३७
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिले जनताको निराशालाई रोक्ने गरी सरकार अगाडि बढ्न नसके देश ठूलो दुर्घटनामा फस्ने बताए।
उनले भने, ‘दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ। यही संसद र संविधानभित्र रहेर राष्ट्रिय सरकार निर्माण गर्न सक्छौँ। र, यो संविधानलाई संशोधन गरौँ। मुलुकमा सुशासनको प्रत्याभूति गर्दै जनतामा आशा बढाउन सकौँ। अनि मात्रै हामी अगाडि बढ्न सक्छौँ।’
प्रतिक्रिया