सदनमा राप्रपाको प्रस्ताव- गल्ती स्वीकारेर राष्ट्रिय सहमतिको सरकार गठन गरौं – Nepal Press

सदनमा राप्रपाको प्रस्ताव- गल्ती स्वीकारेर राष्ट्रिय सहमतिको सरकार गठन गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले ल्याएको बजेट र गणतन्त्र उस्तैउस्तै काम नलाग्ने भइसकेको टिप्पणी गरे ।

उनले भने, ‘यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरू स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर बढेन भने यो देशमा गणतन्त्र रूपी गाडीको तेल सकिसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी किन नयाँ सोचका साथ अगाडि बढेनौं ।’

सांसद पाण्डेले देशलाई संकटबाट जोगाउन गम्भीर हुन सबै शीर्ष नेताहरुलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर