नीति तथा कार्यक्रमको सुन्दर पक्ष मितव्ययिता र बेरुजु घटाउने कुरा : जीवन आचार्य (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रमको सुन्दर पक्ष मितव्ययिता र बेरुजु घटाउने कुरा : जीवन आचार्य (भिडिओ)

विराटनगर । कोशी प्रदेश सभाका सदस्य जीवन आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा खर्च व्यवस्थापन गर्ने कुरा महत्वपूर्ण भएको बताएका छन् ।

प्रदेश सभाको आजको बैठकमा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रदेश सभा सदस्य आचार्यले प्रदेशमा धेरै दायित्व सिर्जना भएकाले दायित्व घटाउने योजना सहितको नीति आउनु राम्रो भएको बताए ।

उनले खर्च कसरी व्यवस्थापन गर्ने हो, नीति तथा कार्यक्रमलाई टेकेर बजेट बजेट आउँछ कि आउँदैन भन्ने करा प्रमुख रहेको बताए । उनले भने, ‘यो नीति तथा कार्यक्रमको सुन्दर पक्ष भनेको मितव्ययिता र बेरुजु घटाउने कुरा हो ।’

उनले जहाँ मन लाग्यो त्यही खर्च गर्दा प्रदेशमा दायित्व बढेकाले वित्तीय अनुशासन आवश्यक रहेको बताए । उनले बिहानीले दिनको सङ्केत गर्ने भएकाले यो सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको बताए ।

उनले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए । उनले यो नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षको सुन्दर बजेट बनाउन सकिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर