माधव नेपाल र नेकपा महासचिव विप्लवबीच भेट, समाजवादी मोर्चाबारे गम्भीर छलफल – Nepal Press

माधव नेपाल र नेकपा महासचिव विप्लवबीच भेट, समाजवादी मोर्चाबारे गम्भीर छलफल

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।

समाजवादी मोर्चाको संयोजकसमेत रहेका विप्लवले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर