सन्दीपलाई अमेरिकाले भिसा नदिएको कारण सदनलाई जानकारी गराउन कांग्रेस सांसदको माग (भिडिओ)
नेपाल प्रेस
२०८१ जेठ २३ गते ११:४४
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बैठकमा भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरे ।
उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’
विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।
भिसा अस्वीकारपछि सरकारले पनि पहल गरेको भए पनि सफल हुन सकेन ।
प्रतिक्रिया
दिएन त दिएन । यसमा रोइलो गर्नु पर्ने कारण के हो ? राज्यले सन्दिप जस्ता अरु धेरै खेलाडी तयार गर्न सक्नु पर्यो, सधैंभरी उही सन्दीप सन्दीप गरेर क्रिकेटमा नेपालको प्रगति हुन सक्दैन । बरु, त्यसले सन्दिपमा घमण्डको पारो माथि चढ्छ, अनी अरु खेलाडीको मानमर्दन हुन जान्छ ।
कांग्रेसले गगन लाई सोधेँ हुने