गृहमन्त्रीलाई सांसद खानले भने- मधेशमा हुने आपराधिक घटनाको राजनीतिक दबाबले मुद्दा दर्ता हुँदैन – Nepal Press

गृहमन्त्रीलाई सांसद खानले भने- मधेशमा हुने आपराधिक घटनाको राजनीतिक दबाबले मुद्दा दर्ता हुँदैन

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले तराई मधेशमा हत्याहिंसा तथा अपराधका घटनाहरू दिनदिनै बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै जनतामा त्रासको वातावरण बनिरहेको बताउँदै शान्ति सुरक्षामा प्रश्न उठाए। उनले आपराधिक घटनाको राजनीतिक दबाबले मुद्दा दर्ता नहुने बताए।

त्यसको जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाए।

त्यसबारे उनको भनाइ:

कतै मान्छे मारेर झुन्डाएर होस्, कतै दिन दहाडै गोली प्रहार गरी र चक्कु प्रहार हुन्छ, प्रहरी प्रशासन बेखबर हुन्छ, पीडित पक्षले किटानी जाहेरी दर्ता गराउन जाँदा जाहेरी दर्ता हुँदैन, पीडित झन् पीडित भएर जान्छ।

सुनसरी जिल्लाको कोशी गापा वार्ड नं–३ को रहमान मियाको छोरी वसिरन खातुनलाई मिति २०८१/०२ १४ गते दाइजो निहुँमा ससुराली पक्षले हत्या गरी सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी वार्ड नं १ कोसी नदीको किनारमा रहेको पिपलको रूखमा झुन्डिएको अवस्थामा फेलापर्यो, राजनीतिक दबाबको कारण जाहेरी समेत दर्ता भएको छैन।

रूपन्देही जिल्लाको गैडाहवा गाउँपालिका– १, भुजौलीको तिरु यादव र राम कुमार यादव दाजुभाइलाई २०८१ जेष्ठ २२ गते बिहान करिब ७ बजे कपिलवस्तु जिल्ला स्थित वाणगंगा न पा– १० को नौगैया गाउँमा रहेको पानको पसलमा छुरा प्रहार भएको छ।

त्यस्तै जेष्ठ १२ गते बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका–३ गोबरेपुर गाउँमा ३० वर्षे तारा खटीकलाई गाउँ कै केहि व्यक्ति मारपीट तथा टर्चर गरेको कारण तारा खटीक राती झुन्डिएर आत्मा हत्या गरिन इलाका प्रहरी कार्यालय मैनापोखरले किटानी जाहेरी दर्ता गर्न समेत मानेन, त्यस कारण दोषीलाई कारबाही गर्न माग गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर