जेठ २८ लाई विश्वासको मत सार्ने मुख्यमन्त्रीको तयारी, परामर्शमा सभामुख – Nepal Press

जेठ २८ लाई विश्वासको मत सार्ने मुख्यमन्त्रीको तयारी, परामर्शमा सभामुख

सरोज यादव पदमुक्त भइसकेको गठबन्धनको दाबी

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले ‘बिरामी’ भएको भन्दै जेठ २८ लाई विश्वासको मतको कार्यसूची सार्न लगाउने तयारी गरेका छन् । जसपा नेपाल संसदीय दलले सभामुखलाई उक्त जानकारी गराएको छ ।

विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री यादवले बिरामी परेको भन्दै कार्यसूची सार्न सभामुखलाई रामचन्द्र मण्डललाई पत्र पठाएर आग्रह गरेका थिए । सभामुख मण्डल कार्यसूची सार्ने/नसार्ने विषयमा परामर्शमा छन् । प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजे विश्वासको मतसमेतको कार्यसूची राखेर बैठकको सम्भावित सूची सार्वजनिक गरिसकेको छ । तर, अन्तिम समयमा मुख्यमन्त्री पछि हटेपछि अब के गर्ने निर्णय सभामुखले गर्न बाँकी छ ।

जसपा नेपाल प्रमुख सचेतक रामआशिष यादवले सभामुखलाई मुख्यमन्त्री यादवले अब जेठ २८ मा विश्वासको मत लिने जानकारी गराइसकेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ३० मा सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिपक्षी गठबन्ध दलहरूले भने मुख्यमन्त्री यादव स्वत: पदमुक्त भइसकेको दाबी गरेका छन् । जनमत पार्टीका नेता बीपी साहले जेठ २२ गते मध्यराति नै मुख्यमन्त्री यादव पदमुक्त भएको जिकिर गरे ।

उनले भने, ‘बैशाख २२ मा जसपा नेपाल विभाजन भयो । दल विभाजन भएपछि पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, विश्वासको मत लिएनन् । त्यसैले कानूनत: उहाँले पद गुमाइसक्नुभयो ।’

मुख्यमन्त्री यादव स्वत: पदमुक्त भइसकेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई भेटेर आग्रह गरेको साहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर