संसदीय छानबिन समितिको पहिलो बैठक जारी, सभामुख पनि उपस्थित – Nepal Press

संसदीय छानबिन समितिको पहिलो बैठक जारी, सभामुख पनि उपस्थित

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ । संसद भवन बानेश्वरस्थित शंकर हलमा सभामुख देवराज घिमिरेको उपस्थितिमा अहिले बैठक चलिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि माग गरेपछि समिति गठन गरिएको थियो । आजको बैठकमा समितिको भावी कार्ययोजना तयार हुने बताइएको छ ।

समितिको कार्यालय सिंहदरबारमा हुनेगरी व्यवस्था मिलाउने तयारी छ । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल सदस्य छन् ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ । कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ । जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ । समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर