शिक्षाको गुणस्तर सुधार गर्न ३६ सामुदायिक विद्यालयको साझा संकल्प


विराटनगर । इटहरीका ३६ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघहरुले ३० बुँदे साझा संकल्प पत्र जारी गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि संकल्प पत्र जारी गर्दै शिक्षा सुधारमा लाग्ने बताएका हुन् ।
संकल्प पत्रमा सआफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने, अग्रेजी माध्यामलाई पनि प्रथामिकताका साथ पढाउने, कक्षा ९ देखि माथि पढ्दै कमाउदै कार्यक्रमलाई प्रथामिकता उल्लेख छ । यस्तै अभिभावक र समुदायलाई जोड्न घर दैलो कार्यक्रम गर्ने जस्ता कार्यक्रम साझा संकल्पको रुपमा अघि सारेका छन ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा लाग्दै इटहरी सरकारले निकालेको संकल्प पत्रलाई पालना गर्दै सार्वजनिक शिक्षा सुधारको देशमै नमुना नगर बनाउने अभियानमा लाग्ने संकल्प पत्रमा भनिएको छ ।
शिक्षा सुधारको लागि विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै लैजाने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
संकल्प पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न करोडौं रकम खर्चेर पनि प्रतिफल निराशाजनक हुने गरेको भन्दै इटहरीमा सबै सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर बढाउदै लैजाने भनिएको प्रतिवद्वता गरिएको छ ।