मधेशले समपुरक र सशर्त अनुदान नआउनुमा प्रधानमन्त्री दोषी छन् : मुख्यमन्त्री – Nepal Press

मधेशले समपुरक र सशर्त अनुदान नआउनुमा प्रधानमन्त्री दोषी छन् : मुख्यमन्त्री

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशले समपुरक र सशर्त अनुदान नपाउनुमा प्रधानमन्त्री दोषी रहेको आरोप छन् ।

विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘समपुक र सशर्त अनुदानका लागि फाइल बोकेर काठमाडौं पुगेको थिए ।

प्रधानमन्त्रीलाई बैठकमा ५ पटक भनेको छु । मधेश प्रदेशलाई विभेद नगरी जनसंख्याको आधारमा बजेट पठाउन भनेको थिए । तर प्रधानमन्त्री ज्यूले योजनाको प्रमुख भुटान जानु भएको छ, आएपछि इन्ट्री गर्न लगाउछु भन्नु भएको थियो ।’

उनले संघ सरकारको इशारामा कर्मचारीले समपुरक र सशर्त अनुदान नपठाएको भन्दै प्रश्न गरे, ‘अब भन्नुस् दोषी मधेशका मुख्यमन्त्री कि संघका प्रधानमन्त्री र मन्त्रीहरु छन् ?’ उनले देशको प्रधानमन्त्रीले नै जुनसुकै बेला उथलपुथल गरिदिन्छु भन्नुहुन्छ भने त्यो देशमा के विकास हुन्छ भन्नेर प्रश्न पनि तेर्साए ।

उनले प्रहरी समायोजन र निजामती कर्मचारी ऐनका लागि पटक पटक संघ सरकारको ध्यानाकर्षण गराउँदा काम अगाडी बढेको आश्वासन दिएपनि एक इन्च पनि अगाडी नबढेको बताए । उनले संघले कर्मचारीलाई काम नगर्नकै लागि पठाउने गरेको गुनासो पनि गरे ।

विश्वासको मतको प्रस्ताव गरेको सन्दर्भमा मुख्यमन्त्री यादवले भने, ‘सरकार परिवर्तन भइरहन्छ । आज म छु । भोली अरु आउछ । हामी अराजक व्यवहार गर्दैनौं ।’ उनले विश्वासको मत पाउने समय जेष्ठ २८ गतेसम्म रहेपनि कताकता के के गरेर आजै लिनुुपर्ने भनेपछि बाध्य भएर लिनुपरेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर