यस वर्षको आइटी मेला थापाथली क्याम्पसमा हुँदै, विद्यार्थीलाई नि: शुल्क छात्रवृत्तिदेखि तालिमसम्म – Nepal Press

यस वर्षको आइटी मेला थापाथली क्याम्पसमा हुँदै, विद्यार्थीलाई नि: शुल्क छात्रवृत्तिदेखि तालिमसम्म

काठमाडौं । यस वर्षको आइटी मेला थापाथली क्याम्पसमा हुने भएको छ । ‘कोड फर चेन्ज’ नामक संस्थाले हरेक वर्ष गर्ने ‘आइटी मेला’ यस वर्ष २०८१ थापाथली क्याम्पसमा हुने भएको हो ।

थापाथली क्याम्पस स्ववियु र ‘कोड फर चेन्ज’ संस्थाबीचको समझदारीका आइटी मेला गरिन लागेको हो ।

आइटी मेलाबाट आइटी क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई नि शुल्क छात्रवृत्तिदेखि तालिमसम्म प्रदान गरिने छ ।

असार १ गते काठमाडौँको थापाथली क्याम्पसमा हुने आइटी मेलामा आइटी कम्पनीले करिब ५० विद्यार्थीलाई इन्टर्नसिप उपलब्ध गराउनेछ जनाइएको छ ।

त्यस्तै, कक्षा १२ पास गरेका तथा कक्षा १२ पास गरेर बसेका १४ जना विद्यार्थीहरूलाई आइटी सम्बन्धित पाठ्यक्रमहरूमा निश्शुल्क छात्रवृत्ति प्रदान गरिने थापाथली क्याम्पसका स्ववियु सभापति पुष्कर विक्रम शाहीले बताए ।

थापाथली क्याम्पसका स्ववियु सभापति पुष्कर विक्रम शाहीका अनुसार २ सय छानिएका कक्ष १२ पास भएका विद्यार्थीले मेगा इभेन्टमा स्वयंसेवक हुने मौका पाउनेछन् जहाँ उनीहरूलाई निःशुल्क आइटी तालिमहरू दिइनेछ ।

मेलाको प्यानल छलफलमा प्रसुमा रावलद्वारा गरिनेछ । जसमा इस्मरान दुवाडी९सीईओ कोड हिमालय०राजविक्रम महर्जन९सीईओ गल्ली नक्सा०नशाला जोशी९सह संस्थापक डब्लूएलआइटी०, सुवर्ण शाक्य ९टीयू प्रोफेसर० र एआई समुदायबाट एक जना निश्चित गरिनेछ।

कक्षा १२ पछि विद्यार्थीहरुलाई नेपालमै अवसरहरु देखाउनु मेलाको मुख्य उदेश्य रहको क्याम्पस स्ववियु सभापती पुष्कर विक्रम शाही बताउछन् ।

शाहीले भने, ‘विद्यार्थीहरुलाई हामीले नेपालको आइटी क्षेत्रमा रहेका सम्भावना र अवसरहरु देखाउने प्रायास गरिरहेका छौं । आइटी मेलाबाट विद्यार्थीहरुलाई दिन सक्ने क्षत्रवृतिदेखि तालिमसम्मको अवसर प्रदान गर्नेछौं । यसको मुख्य उदेश्यक भनेको विद्यार्थीहरुलाई सहजिकरण तथा नेपालमै सम्भावना देखाउनु हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर