मधेशमा नयाँ सरकारको दावी गर्न दलका नेताहरु पुगे प्रदेश प्रमुखको कार्यालय – Nepal Press

मधेशमा नयाँ सरकारको दावी गर्न दलका नेताहरु पुगे प्रदेश प्रमुखको कार्यालय

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकारको दावी पेश गर्न ६ दलका नेताहरु मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी नयाँ सरकारको दावी गर्न लागेको हो ।

जनमतका सांसद सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाउन ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गर्दैछन् ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि विहिवार प्रदेश प्रमुख भण्डारीले आज विहान १० बजेसम्मको समय दिँदै नयाँ सरकारको आह्वान गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर