शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग भेटेपछि श्रीमतीको हत्या – Nepal Press

शान्तिसेनाबाट फर्केर आउँदा परपुरूषसँग भेटेपछि श्रीमतीको हत्या

दाङ । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम मिसनबाट फर्केर घर बिदामा आएका थिए । घर विदामा आएका बेला श्रीमतीलाई आज बिहान सवा ८ बजेतिर परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि शालिकरामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन् । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर