महासेनानी मल्ल सैनिक हिरासतमा, अमेरिकाबाट फिर्ता बोलाएर थालियो अनुसन्धान
नेपाल प्रेस
२०८१ जेठ २५ गते १२:१७
काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी मिसनमा सैनिक सहचारीका रूपमा कार्यरत मल्लको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि अमेरिकाबाट झिकाएर अनुसन्धान थालिएको सैनिक स्रोतले जनाएको छ ।
उनी चार महिनाअघि मात्र सैनिक सल्लाहकारको दरबन्दीमा गएका थिए । प्रधान सेनापति प्रभुराम शर्माकै अग्रसरतामा उनलाई झिकाइएको उच्च सैनिक अधिकारीले बताए ।
सैनिक जनसम्पर्क निर्देशनालयले यसबारे औपचारिक जानकारी दिएको छैन । मल्ललाई सैनिक प्रहरीको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर