पार्टी विभाजनविरुद्ध उपेन्द्रको मुद्दामा सुनुवाइ जारी – Nepal Press

पार्टी विभाजनविरुद्ध उपेन्द्रको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटउपर सर्वोच्च अदालतमा आज सुनुवाइ भइरहेको छ ।

उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तीलप्रसाद श्रेष्ठको इजलासमा पेसी परेको छ । यादवको रिट इजलास नम्बर ६ को ‘ङ’ मा परेकाले आज पालो आएको हो । यसअघि रिट हेर्न नभ्याइनेमा थिइयो ।

जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका छन् ।

यता प्रधानमन्त्रीको विश्वासको मत रोक्न पनि यादवले रिट हालेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने विश्वासको मत पाइसकेका छन् ।

जसपा नेपालमा रहेका १२ जना सांसद ७ जना लिएर अशोक राईले जसपा दर्ता गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर