बालेन लक्षित ओलीको कटाक्ष- भैँसीको ढाडमा बसेको झिंगो चार लात हानें भनेर दंग छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपको जवाफ फर्काएका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताए।
उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु ।’
बालेनले गिरीबन्धु प्रकरणमा १० हजार अर्ब करोड घोटाला गर्न ओली संलग्न रहेको भन्दै फेसबुकमा लेखेका थिए।
उनले बजेटलाई राम्रो बनाउनुपर्छ भनेर आफूले कुरा राखेको भए पनि केही असन्तुष्ट रहेको प्रष्ट पारे । सत्ता समीकरणलाई भत्काउने प्रयास भइरहेपनि अहिले त्यो सम्भावना नरहेको दाबी गरे।
बालेनको प्रहार पछि विक्षिप्त छन बा ।
जाबो काठमाडौको मेयर बालेनसङ्ग लड्न सिङ्गो देशको पार्टी त्यै माथी भुपु प्रधानमन्त्री, मन्त्रीहरू, निवर्तमान मन्त्री, जनप्रतिनिधिहरु र पार्टीको झोलेहरु पुरै भिड्नुपर्ने देखियो । कति कमजोर भएको रहेछ एमाले पार्टी बिचरा । सम्भवतः ८४ लात हान्ने हुन कि भन्ने पिर होला ।