एमालेको सूचना प्रविधि र कार्यालय व्यवस्थापन अध्ययन गर्न माओवादी उपाध्यक्ष सापकोटा च्यासलमा – Nepal Press

एमालेको सूचना प्रविधि र कार्यालय व्यवस्थापन अध्ययन गर्न माओवादी उपाध्यक्ष सापकोटा च्यासलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं अग्नी सापकोटा च्यासलस्थित एमाले मुख्यालय पुगेका छन् ।

एमालेको सूचना प्रविधि व्यवस्थापन तथा कार्यालय व्यवस्थापनबारेमा अध्ययन गर्न सापकोटा केही नेता लिएर च्यासल पुगेका हुन् । सापकोटालाई उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालय र आन्तरिक व्यवस्थापनको अनुभव सुनाएका थिए ।

राजनीतिक दलहरूमा एमालेको कार्यालय, साथै सूचना प्रविधि व्यवस्थापन अब्बल र उदाहरणीय मानिन्छ ।

राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि यसअघि रास्वपा पदाधिकारी तथा कर्मचारी पनि च्यासल पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर