मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा- निर्वाचित सांसदलाई ५ कराेड र समानुपातिकलाई डेढ करोड बाँड्ने (भिडिओ) – Nepal Press

मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा- निर्वाचित सांसदलाई ५ कराेड र समानुपातिकलाई डेढ करोड बाँड्ने (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सम्बन्धित मन्त्रालयमार्फत् सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले भने, ‘संसदीय क्षेत्र विकासका लागि सम्बन्धित मन्त्रालयमार्फत् रकम पठाउँछौं ।’

संघमा संसदीय विकास कोष खारेज भइसकेको छ । मधेशसहितका केही प्रदेशले संसदीय विकास कोषको निरन्तरता दिएको थिए, तर अदालतमा मुद्दा परेकाले चालू आर्थिक वर्षमा मधेशमा पनि सांसदहरूले सो रकम खर्च गर्न पाएका छैनन् ।

मुख्यमन्त्री सिंहले भने घुमाउराे ढंगले सांसदलाई रकम बाँड्न खोजेका छन् ।

जनमत पार्टीका एक सांसदले भने, ‘संसदीय विकास कोषको नाममा बजेट विनियोजन गरिने छैन । सम्बन्धित मन्त्रालयमार्फत् क्षेत्रमा बजेट पठाउँदा समस्या हुँदैन ।’

मधेश प्रदेशमा १०७ सांसदमध्ये ६४ निर्वाचित छन् । जसमध्ये लोसपाका एक सांसद अभिराम शर्मा निलम्बित छन् । ४३ समानुपातिक सांसद छन् ।


प्रतिक्रिया

One thought on “मधेशका नयाँ मुख्यमन्त्रीको घोषणा- निर्वाचित सांसदलाई ५ कराेड र समानुपातिकलाई डेढ करोड बाँड्ने (भिडिओ)

  1. निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट उपलब्ध गराउने मधेश प्रदेशका मुख्य मन्त्रीको घोषणा पहिले त यो जे सुकै नाममा कार्यान्वयन भएमा पनि अवैधानिक हुन्छ र अर्को कुरो निर्वाचित र समानुपातिकलाइ फरक रकम उपलब्ध गराउने व्यवस्थाले नै सांसदहरूलाइ उपहार दिए जस्तो देखिएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर