उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा – Nepal Press

उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटउपरको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतमा आज सुनुवाइ पछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको अदालतले जानकारी दिएको छ ।

सुनुवाइका लागि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तीलप्रसाद श्रेष्ठको इजलासमा पेसी परेको थियो ।

जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

यादवले निष्क्रिय भइसकेको कानूनलाई टेकेर पार्टी फुटाएको भन्दै अहिले आयोगले थालेको सनाखत प्रक्रिया पनि यथास्थितिमा राख्न माग गरेका छन् ।

यता प्रधानमन्त्रीको विश्वासको मत रोक्न पनि यादवले रिट हालेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने विश्वासको मत पाइसकेका छन् ।

जसपा नेपालमा रहेका १२ जना सांसद ७ जना लिएर अशोक राईले जसपा दर्ता गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर