एमालेसँग षड्यन्त्रका जाला च्यात्ने अभ्यास छ, अरू पार्टीसँग तुलना गर्न मिल्दैन : ओली – Nepal Press

एमालेसँग षड्यन्त्रका जाला च्यात्ने अभ्यास छ, अरू पार्टीसँग तुलना गर्न मिल्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नीति र देश बनाउने योजनाको विषयमा बहस गर्न कुनै पार्टी तयार नभएको बताएका छन् ।

एमाले ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्दै अन्य एमालेबाहेक अन्य पार्टीसँग पार्टीसँग नीति, कार्यक्रम र योजना केही नभएको जिकिर गरे ।

उनले भने, ’हामीसँग नीतिको बहस गर्न कुनै पार्टी पनि आउँदैन । हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विषयमा बहस गर्न कुनै पार्टी तयार छैन । उनीहरुसँग नीति, कार्यक्रम र योजना केही छैन । राष्ट्रियताको बारेमा बहस गर्न कोही तयार छैन। सुशासनको बारेमा तयार छैन ।’

उनले एमाले र अरु पार्टी उस्तै हुन् भनेर कुप्रचार गरेको बताए ।

उनले भने, ‘अरु पार्टी र हामी उस्तैउस्तै होइन। पार्टी त पार्टी हुन् तर फरक देश र जनताप्रति समर्पित हुनुपर्छ । कतिपय देश बनाउन होइन पद पाउँला भनेर प्रवेश गरेका छन् । पार्टीका काम गर्नुपर्छ बस्नुपर्छ पद पाएर भनेर अरुपनि पार्टी छन् भन्ने कहिलेकाहिँ सुनिन्छन् । त्यति साह्रो देशको माया नभएकाहरुप्रति एमालेको कुनै आश र लोभ छैन ।’

उनले एमालेका अगाडि धेरै ठूला चुनौती रहेको बताए ।

उनले थपे, ‘हाम्रा अगाडि चुनौतीहरु छन् । घेराबन्दी छ । तर, हामीसँग घेराबन्दी तोड्ने अभ्यास छ । षड्यन्त्रका जालाहरु च्यात्ने अभ्यास छ । हाम्रोविरुद्ध विभिन्न कुप्रचारहरु चलाइन्छ ।’

उनले पार्टीविरुद्धको कुप्रचारको प्रतिवाद गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नको लागि मिसन ०८४ को अभियानमा लाग्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर