डेनमार्ककी प्रधानमन्त्रीमाथि आक्रमण, आक्रमणकारी पुरुष पक्राउ
काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सार्वजनिक स्थानमा आक्रमण भएको छ । शुक्रबार प्रधानमन्त्रीलाई डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा कुटपिट गरिएको बताइएको छ ।
पक्राउ हुनु भन्दा अगाडि उनी युरोपेली संसदको लागि भएको चुनावमा आफ्नो दलको तर्फबाट प्रचारमा व्यस्त थिइन् । रुसी विश्व च्यानल आरटीका अनुसार आक्रमणकारी पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डेनमार्कका वातावरणमन्त्री माग्नुस हेउनिकले आक्रमणको पुष्टी गर्दै सामाजिक संजालमा लेखेका छन्,‘मेतो आक्रमणबाट अचम्मित हुनु भएको छ । यसले उहाँ नजिक हुने हामी सबैलाई हल्लाएको छ ।’
डेनिस प्रधानमन्त्रीलाई भएको आक्रमण युरोपका सरकार प्रमुखलाई पछिल्ला दिनमा भएको प्रथम आक्रमण होइन । यस अगाडि स्लोभाकियाका प्रधानमन्त्रीलाई रोबर्ट फिकोलाई बन्दुकधारीले गोली प्रहार गरेको थियो । यो घटना भएको एक महिना पनि पुगेको छैन ।