अदालतलाई तर्साएर कांग्रेसका नेताहरूमाथि एकपछि अर्को गर्दै अफ्ठ्यारोमा पार्ने प्रपञ्च हुँदैछ: गगन थापा (भिडिओ) – Nepal Press

अदालतलाई तर्साएर कांग्रेसका नेताहरूमाथि एकपछि अर्को गर्दै अफ्ठ्यारोमा पार्ने प्रपञ्च हुँदैछ: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा बसेकाहरुले अदालत र संवैधानिक निकायहरुलाई तर्साएर कांग्रेसका नेताहरुलाई एकपछि अर्को गर्दै अफ्ठ्यारोमा पार्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका केही व्यक्तिले गल्ती गरेको भए त्यसको भारी कांग्रेसले नबोक्ने पनि प्रष्ट पारे।

उनले भने, ‘अदालत र संवैधानिक निकायहरुलाई प्रभावित गर्ने र तर्साउँने, फकाउने, लोभ्याउने परिपार्टी पछिल्लो समय देख्दै गइरहेका छौं। कांग्रेसका साथीहरुलाई एकपछि अर्को गर्दै कुन न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं। पार्टीले एक ठाउँमा आएर सत्यको पक्षमा पनि उभिनुपर्छ।’

त्यसबारे उनको भनाइः
कोही व्यक्ति शक्तिशाली र लोकप्रिय छु भन्दैमा, नयाँ छु भन्दैमा त्यसले कानूनको उलंघन गर्ने छुट पाउँछ। कोही व्यक्ति कांग्रेस, एमाले र माओवादी छ भन्दैमा छुट पाउँदैन। प्रधानमन्त्री छ भनेत अपराध गरेको छ भने दण्ड पाउनुपर्छ भनेका छौं पुरानोले पाउनुपर्छ भने नयाँले दण्ड पाउनुपर्दैन।

मलाई सरकारमा बसेको साथीहरुले मितीहरुको पनि यसमा र उसमा संलग्नता छ भनिराख्नुभएको छ, सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धानमा गर्ने निकायहरु छ। अख्तियार, प्रहरी, प्रशासन सबै कुरा छ। हामीले पार्टीबाट निर्णय गरेर भनेका छौं एउटा एउटा बिषयका खाता पट्टाउँनुस्। अनुसन्धान गर्नुस्। हामीहरुमध्ये कुनै एउटा कुरामा संलग्न भएको कहि कतैपनि भेटिन्छ भने त्यो भारी पार्टीले बोक्दैन। त्यो व्यक्तिले बोक्नुपर्छ भनेर हामीले निर्णय गरेर भनेका छौं। निर्दोष एकजना पनि पर्नु हुँदैन। दोषी कोही पनि छुट्नु हुँदैन।

हामीले प्रष्ट भनेका छौं अदालत र संवैधानिक निकायहरुलाई प्रभावित गर्ने र तर्साउँने, फकाउने, लोभ्याउने परिपाटी पछिल्लो समय देख्दै गइरहेका छौं। कांग्रेसका साथीहरुलाई एकपछि अर्को गर्दै कुन न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं। पार्टीले एक ठाउँमा आएर सत्यको पक्षमा पनि उभिनुपर्छ। निर्दोष साथीहरुलाई कहिँ कतै अफ्ठ्यारो पार्ने काम हुन्छ भने त्यो्् बेलामा सिंगो पार्टी एक ठाउँमा आएर बोल्नुपर्छ। तर, कसैले गल्ती गरेको छ भने कांग्रेस भएकै कारणले छुट पाउनुपर्छ भनेका होइनौं।


प्रतिक्रिया

3 thoughts on “अदालतलाई तर्साएर कांग्रेसका नेताहरूमाथि एकपछि अर्को गर्दै अफ्ठ्यारोमा पार्ने प्रपञ्च हुँदैछ: गगन थापा (भिडिओ)

  1. सिवि लामालाई पैसा खाएर जोगाएका अहिले रविले समाते भनेर कुर्लिए मिस्टर । यी पनि दिनानुदिन खस्कदै गए । काँग्रेसमा बसेर तिमीले केही गर्न सक्दैनौ । काम गर्ने भए बरू रास्वपा छिर । उपाध्यक्ष देलान ।

  2. कांग्रेसले गरिरहेको काम अहिले अरुले गरेको देखेछ !!
    १. सत्ता सक्ति र त्येशको दुरुपयोग भन्दा बढी सोच्न सक्तैन कांग्रेस !! आफु सत्ता बाहिर हुने बित्तिकै न्यायलय र प्रसासन माथि यस्तो टिप्पणी गर्नु भनेको कांग्रेशको अपरिपक्क हालत र अहंकारी प्रबृत्ति हो !!
    ३. सिस्टममा बिस्वाश गर्दैन कांग्रेश, देश-जनता प्रति इमान्दार छैन कांग्रेश, जनतामा बिस्वाश छैन कांग्रेशको !! ४. २०५२ भाद्र १२ को बिस्वनाथ ले गरेको फैसला, अनि परमादेश दिएर देउवा प्रम बनाउने चोलेन्द्र को फैसला कसको प्रभावमा भए !?
    ५. बेथितिको जग हो कांग्रेश : बेथिति जोगाउने र बोक्ने भरिया हो कांग्रेश : नीति नैतिकता झल्किने कुरा नबोल्नु कांग्रेशले : सुन्नेलाई लाई लाग्छ !!

  3. अख्तियारले बयान लिएका मन्त्रीलाई त झण्डा हल्लाउँदै हिडाउने कांग्रेस जीउँदो मान्छेलाई इट्टा भट्टामा जलाउने कांग्रेस नेता बेथिति को चाङमा रमाउने कांग्रेस नेता काण्डैकाण्डको चाङ मा आरजु मन्जु सघं संस्थाको जग्गा अपचलन गर्ने कांग्रेस नेता सांसद अनि रोइलो किन गल्ती गरेपछि परिन्छ भन्ने थाहा होला नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर