भ्रष्टाचार गर्ने व्यक्ति एमाले हुन सक्दैन, एकल बहुमत ल्याउन समीकरण बनायौं: ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने व्यक्ति एमाले हुन नसक्ने बताएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा लागेको व्यक्ति एउटै पार्टीमा बस्न नसक्ने बताए ।
उनले भने, ‘एमाले राष्ट्रिय शक्ति हो । त्यसलाई निर्माण गर्न हामीले मिसन ८४ भनेका हौं । हामी अहिले राष्ट्रिय शक्ति भए पनि पर्याप्त भएको छैन । यो निर्णायक शक्ति बनाउन संगठन बलियो बनाउन सक्नुपर्छ । विचारमा प्रष्ट भएका व्यक्तिहरु मात्रै एमाले हुन्छन् ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन ८४ मा एमालेलाई बहुमत ल्याउन समीकरण बनाएको बताए ।
उनले भने, ‘मिसन ८४ मा बहुमत ल्याउन समीकरण बनाएका हौं । त्यही अभियानको सहयोगी कदमको रुपमा अगाडि बढाउँछौं । त्यही ढंगले अगाडि बढ्छौं ।’
त्यसो हो भने तपाईं एमाले मा हुन मिल्छ?