तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु
नेपाल प्रेस
२०८१ जेठ २६ गते २०:१०
रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिका- ३ झुम्सास्थित तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमदको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
शनिबार दिउँसो तिनाउ खोलामा नुहाउन गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको पाल्पा प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर