राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु – Nepal Press

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

तुलसीपुर ।  राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए ।

पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर