जर्मन सांसद पुगिन रुसी शरणमा, जर्मनी सरकारले बच्चा चोर्ने डर भएको दाबी
काठमाडौं । जर्मनीकी एक सांसदले देश छोडेर रुसको शरणमा पुगेकी छन् । रुसी विश्व च्यानल आरटीले यो समाचार सार्वजनिक गरेको छ । आरटीका अनुसार ह्याबर्गकी सांसद ओल्गा पिटरसनले रुस शरणमा गएको सार्वजनिक गरेकी छन् ।
ओल्गाले आफ्ना बालबच्चाहरुलाई जर्मनी सरकारले चोर्ने भय भएकोले रुस शरणमा पुगेको बताएकी छन् ।
आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा हुनाले जर्मनी सरकारले त्यसो गर्न सक्ने उनले बताएकी छिन् । गत महिना आफ्ना चार सन्तानमा तीन लिएर उनी बेपत्ता भएकी थिइन् ।
तर, यो शुक्रबार उनले मुख खोलेर आफू रुसमा पुगेको बताएकी छिन् । उनले जर्मनीको अखबार बिल्डमा भनेकी छिन्, ‘मैले मेला बालबच्चा देश बाहिर लगेको हुँ । म आफ्ना बालबच्चा सुरक्षित भएको र मेरो हेरचारमा भएको हेर्न चाहान्छु ।’